वीरगन्ज,२२ साउन । ठेक्का सकारगरी काम गर्ने  निर्माण व्यवसायिका रुपमा देशभरी कुख्याती कमायका पप्पु कन्स्ट्रक्सनलाई सरकारले कालो सुचीमा राख्ने निर्णय गरेको छ । देशको विभिन्न स्थानमा सडक, पूल  भवन लगायतका भौतिक पूर्वधार निर्माणको ठेक्का सकार गरी समयमा काम पुरा नगरकाले पप्पु कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालो सुचीमा राख्ने सरकारले निर्णय गरेको हो ।

सडक डिभिजन  हर्कपुर ओखलढुंगा कार्यालयको सिफारिसका आधारमा पप्पुलाई डेढ वर्षकालागि कालो सुचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सुची सार्वजनिक गर्दै कालो सुचिमा परेको पप्पु कन्स्ट्रक्सनलाई डेढ वर्षसम्मा देशको कुनैपनि निर्माण कार्य वा ठेक्का प्रकृयामा समाबेस गर्न नपाइएने जनाएको छ ।

पप्पु कन्स्ट्रक्सन जस्तै देशका विभिन्न  दुई जर्दन ठेक्कदार कम्पनीहरुलाई नेपाल सरकारले एक वर्ष देखि डेढ वर्षसम्मका लागि कालो सुचीमा राख्ने निर्णय गरेको छ ।  सडक डिभिजन तथा पूर्वधार विकास कार्यालयहरुको सिफारिसका आधारमा नेपाल सरकारले ठेक्कदार कम्पनीहरुलाई कालोसुचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्