रौतहट २३ साउन । सरकार र गौर हत्याकाण्डका पीडितबीच सहमति भएको छ ।मंगलबार गृह मन्त्रालयमा भएको पीडित संघर्ष समिति र सरकारबीचको वार्तामा पाँचबुँदे सहमति भएको छ।सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने लगायत बिषयमा सहमति भएको छ ।सहमतीमा सरकारको तर्फबाट गृह मन्त्रालयका सह सचिव नारायण प्रसाद भट्टराई र संघर्ष समितीक‍ा अध्यक्ष रुपसागर देवी उपाध्याय ले हस्ताक्षर गरेका छन ।

                                                         यस्तो छ सहमती

                                                 


 

प्रतिक्रिया लेख्नुहोस्