धर्मेन्द्र पासवान सिरहा
सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले साहलाई बुधवार साँझ पक्राउ गरेको हो । अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतको आदेशको आधारमा उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।
सिरहा कल्याणपुर नगरपालिका घर भइ मिर्चैयामा डेरा गरि बस्दै आइरहेकी ममता रायसंग सँग २ लाखको ३५ लाख बराबरको रकम र जग्गा ममता रायसंग हडपेर पनि नपुगेर उल्टै छोरी गरिमालाई अपहरण गराइदिन्छु, लाई बलात्कार गराइदिन्छु भन्ने धम्की पनि दिँदै आइरहेकी थिइन् ।मिटरब्याजी सुजाता साहको धम्किपछि ममता रायकी १३ वर्षीय छोरी गरिमा राय डरले विद्यालय छाड्न बाध्य भएकी थिइन् । गत चैत २ गते देखि १२ दिन लामो कठिन पैदल मार्चमा सहभागी हुँदै गरिमा पनि आफ्नो आमसंग प्रधानमन्त्री पुष्पकमल दाहाल भेटेर आफ्नो वेदना सुनाएकी थिइन् ।ममता रायले दर्ता गराएको मुद्दामा साह पक्राउ परेको बुझिएको छ । उनीमाथि प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दर्जनौँ बढी उजुरी दर्ता छ ।
मिर्चैया क्षेत्रमा साह लामो समयदेखि चर्को मिटरब्याजमा लगानी गर्दै आएकी हुन् । उनका श्रीमान् (नाम नखुलेको) ले मिर्चैयामा कपडा पसल चलाउँछन् ।कानून विपरीत सयकडा ३६ प्रतिशत ब्याजमा लगानी गर्ने र कतिपय व्यक्ति ऋण चुक्ता गर्दा पनि कपाली नदिने, हरहिसाब पनि गलत ढंगले गर्ने गरेको उनीमाथि पीडितहरूले आरोप लगाएका छन् ।मिटरब्याजी सुजाता साह उपर जाहेरी दर्ता भएपनि राजनीतिक संरक्षणमा सुजाता खुलेआम बाहिर बस्दै आइरहेकि थिइन् ।