April 20,2024,Saturday
spot_img

अन्जु पन्तको नयाँ गीत ‘आमा तिमीले छाडेर गैगयौ’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘आमा तिमीले छोडेर गैगयौ’ सार्वजनिक भएको छ । गीतमा डीपी दाहाल परिश्रमीको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।

गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा स्मारिका ढकालको अभिनय देख्न सकिनछ । रिता सिम्खडा दाहालको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

आफ्नो आमासँंग बिछोड हुनुपर्दाको कारुणिक कथा भिडियोमा देखाउन खोजिएको छ ।  गीतले आमा प्रतिको सम्मानलाई बढाएको छ ।  उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको गीतकार परिश्रमीको अफिसियर च्यालबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

ताजा खबर

सम्बन्धित खबर