प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको बुझिएको छ । उनीहरु सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको जानकारी दिए ।
डाक्टर पछि नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा बैंकका कर्मचारी पक्राउ
प्रतिक्रिया लेख्नुहोस्