५ भदौ, काठमाडौं । तपाईलाई आफूले घरमा प्रयोग गरिरहेको इन्टरनेटको स्पीड चित्त बुझेको छ ? वास्तवमा नेपालमा प्रायः इन्टरनेट प्रयोगकर्ताको गुनासो नै इन्टरनेटको गति निकै सुस्त रहेको हुने गर्दछ । तर, यस्तो गुनासो गरिरहँदा सायद हामीलाई थाहा छैन होला कि हाम्रो देशको इन्टरनेटको गति भारत र अष्ट्रेलियाको भन्दा उच्च रहेछ । विश्वव्यापी रुपमा ब्रोडब्याण्ड तथा मोबाइल इन्टरनेटका विषयमा अध्ययन तथा विश्लेषण गरी रिपोर्ट सार्वजनिक गरिरहने अमेरिकी कम्पनी Ookla को स्पीडटेस्ट डट नेटले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गतिका हिसाबले नेपाल विश्वका मुलुकहरुमध्ये ८२ स्थानमा छ ।
नेपालको इन्टरनेट स्पीड अष्ट्रेलिया र भारतको भन्दा तीव्र !
प्रतिक्रिया लेख्नुहोस्