April 20,2024,Saturday
spot_img

विश्वकपका लागि भारत र दक्षिण अफ्रिकाको प्रारम्भिक टोली घोषणा

ललितपुर : भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि भारत र दक्षिण अफ्रिकाले आफ्ना प्रारम्भिक टोली घोषणा गरेका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआइले रोहित शर्माले कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल, केएल राहुल, श्रेयर ऐर, सूर्यकुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान),रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराजछन्।

दक्षिण अफ्रिकाले पनि आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ। दक्षिण अफ्रिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा टेम्बा बमुभा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, सिसान्डा मंगाला रहेका छन्।

यस्तै अन्य खेलाडीमा केशव महाराज, एडेन माक्ररम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्त्जे, कागिसो रबाडा, तबरेज शम्सी, रासी भान डेर डुसेन छन्। दक्षिण अफ्रिकाले श्रीलंकासँग खेल्दै विश्वकप शुरु गर्नेछ।  विश्वकप आगामी ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतमा हुँदैछ।  thaha khabar

प्रतिक्रिया लेख्नुहोस्
neelambads

ताजा खबर

सम्बन्धित खबर