वीरगञ्ज । अवैध सुन प्रकरणमा लामोसयम देखि संलग्न रहदै आएका बाराका व्यवसायी शिवकुमार सरार्फ पक्राउ परेका छन् । ६० किलो सुन प्रकरणमा सरार्फ पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए ।शिव कुमार सरार्फ बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् ।

त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिए ।पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो। त्यस्तै पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्