रूपन्देही । बर्दियाबाट भ्रमणमा हिंडेको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएको प्रहरीले जनाएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको ना ७ ख २३२१ नम्बरको बस दाङ्ग बाट फर्किने क्रममा सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्