बीरगन्ज/ राष्ट्रीय युवा संघ द्धारा आज बीरगन्जको घण्टाघरमा बिदाको दिन बिषेश पास बिना सरकारी सवारी चलाएको भन्दै एक दर्जन सवारी साधन नियन्त्रमा लिई जिल्ला प्रहरी कार्यालय पर्सा लाई बुझाएको छ ।
बिदाको दिन बिभिन्न सरकारी कार्यालय तथा स्थानिय तहका कर्मचारी र जनप्रतिनिधि द्धारा ब्यतmीगत कार्य तथा परिवारीक भ्रमणको लागी सरकारी सवारी लाई प्रयोग गरी राजयले दिएको सेवा सुबिधा लाई आफु खुशि प्रयोग गरी चरम दोहन गरीरहेको हुनाले आफुहरु देशै भरी अभियान चलाएको राष्ट्रीय युवा संघका केन्द्रीय सदस्य रबि गुप्ताले बताए ।
आफुहरुले अभियान चलाउदा पर्साका सिडियो चडने ना.१ झ १ एस्कारपियो नियन्त्रमा लिइ चेतावनि दिएर छोडिएको र करीब १० वटा बिभिन्न पालिकाको र कार्यालयको मोटर साईकल नियन्त्रमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको केन्द्रीय सदस्य रबि गुप्ताले बताए ।
कार्यक्रममा कौसल किसोर साह केन्दीय सदस्य , बाबु राम खन्नाल केन्दीय सदस्य ,जिल्ला सचिव अजुन नेपाल , साहिद अंसारी जिल्ला सदस्य ,उप–महानगर माहानगर अध्यक्ष अमिर खान, रोशन साह प्रदेश कमिटि सदस्य , प्रमोद पटेल लागातको सहभागीता रहको राष्ट्रीय युवा संघ पर्सा जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य मोहमद निजामुदिनले जानकारी दिए ।
बिषेश पास बिना सरकारी सवारी चलाएको भन्दै एक दर्जन सवारी साधन नियन्त्रमा
प्रतिक्रिया लेख्नुहोस्