जनकपुरधाम । सार्वजनिक बिदाको दिन जनकपुरधाममा सरकारी सवारी साधन दुरुपयोग भएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ ।
युवा संघले सार्वजनिक बिदामा बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो । युवा संघले, जनकपुरधामको भानुचोक, शिवचोक, कदमचोक, मिल्स एरिया र अन्य चोक सडकमा संघर्ष गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशका अध्यक्ष लव अधिकारीले देशभर सार्वजनिक बिदाको दिन गाडी चलाए रोकिने बताए । उनका अनुसार बिना पास सरकारी सवारी साधन चलाउने सवारी साधन नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको छ ।
युवा संघले सवारी साधन नियन्त्रणमा लिन थालेपछि थप क्षति हुन नदिन वडा प्रहरी कार्यालय रेल्वेका प्रहरी नायव निरीक्षक ९सई० मदन बहादुर यादव र ट्राफिक प्रहरी रेल्वेका प्रहरी असई जितेन्द्र साह सडकमा देखिएका थिए ।