राष्ट्रिय बाल दिवस को अवसरमा आज बिरगंज मा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता नेपाल मा पनि हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस को ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइएको छ । आज बिरगंजको घन्टाघर बाट ५९ औं रास्ट्रीय बाल दिवस को उपलक्ष्य मा वीरगन्ज को घन्टाघर बाट निकालिएको प्रभात फेरि र्याली माइस्थान , मकालु होटल , हरिखेतान क्याम्पस हुँदै पुर्ण घन्टाघरमा आएको थियो। सो र्याली मा समुदायिक बिधालयहरु श्री द्वार देवी माध्यमिक बिधालय अलौ, श्री शारदा मा .बि. सुगौली बिर्ता , श्री राम चन्द्र पन्ना लाल मा.बि अशोक वाटिका लगायत बिरगंज को धेरै जसो सामुदायिक बिधालय का साथ साथै सस्थागत बिधालय का बिद्यार्थी तथा शिक्षक शिक्षिकाहरु को उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसर मा बिरगंज महानगरपालिका का उपमेयर इम्तियाज आलम ले बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । त्यस्तै बिरगंज महानगर ले बालबालिकाको लागि गुणस्तरीय शिक्षा सुनिश्चित गरि बालश्रम मुक्त तथा बालमैत्री समाजको निर्माण हर सम्भव काम गरिरहेको बताए । आज भएको सो कार्यक्रम मा बिरगंज शिक्षा महाशाखा का प्रमुख अरबिन्द लाल कर्ण, बाल बालिका समिती कि संयोजक कनिका कौसिक , श्री द्वार देवि मा. वि का प्रधानाध्यापक दयाकान्त झा , उप मेयर का स्वकीय सचिव शेष हजरा, नेपाली कांग्रेस का युवा नेता धर्मराज यादव त्यस्तै बिरगंज महानगर पालिका का कर्मचारीहरु को उल्लेखनिय उपस्तिथि रहेको थियो ।
राष्ट्रिय बाल दिवसको अवसर मा आज बिरगंज महानगर को आयोजना मा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदै
प्रतिक्रिया लेख्नुहोस्