April 20,2024,Saturday
spot_img

विद्यार्थीहरु संग वडाअध्यक्ष परागले गरे प्रत्यक्ष संवाद

वीरगन्ज / वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह परागले बालबालिका दिवसको अवसरमा वडाअध्यक्ष संग प्रत्यक्ष संवाद कार्यक्रममा अन्तर्गत विद्यार्थीहरु संग प्रत्यक्ष गरेका छन । हरपतगंजमा रहेको रिचा पब्लिक स्कुलको आयोजनामा भएको वडाअध्यक्ष संग प्रत्यक्ष संवाद कार्यक्रममा वडाअध्यक्ष परागले उनीहरुसंग प्रत्यक्ष संवाद गरेका हुन । वडाअध्यक्ष संग प्रत्यक्ष संवाद कार्यक्रममा विद्यार्थीहरुले वडाको समस्या ,अवसर र चुनौतीका बारेमा खुलेर प्रश्न गरेका थिए । उनीहरुको प्रश्नको जवाफमा वडाअध्यक्षले बालबालिकालाई पाएको अधिकार सदुपयोग गर्न र अगामी दिनमा आईपरेको आफ्नो समस्या खुलेर सुनाउन आग्रह गरेका थिए । वडाअध्यक्ष परागले आफ्नो वडामा रहेको विद्यालयका विद्यार्थीहरुलाई प्रत्येक महिनाको १ गते मानार्थ वडाअध्यक्ष बनाउने बताएका थिए । रिचा पब्लिक स्कुलका प्रधानाध्यापक श्रीराम साहको अध्यक्ष्तामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय सुगौलीका प्रमुख , स्थानीय समाजसेवी , बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

ताजा खबर

सम्बन्धित खबर