बलिउड अभिनेता शाहिद कपूर र कृति सेनन अभिनीत फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

यो फिल्ममा भारतमा मात्रै नभई संसारभर राम्रो कमाइ गरिरहेको छ। भारतीय संचारमाध्यम जागरण अनुसार फिल्मले विश्वभरबाट छठौं दिनमा १५ करोड भारू कमाएको छ। फिल्मले विश्वभरबाट अहिलेसम्म ८० करोड १ लाख भारू कमाएको छ। फिल्मले भारतबाट मात्रै ४१ करोड ३५ लाख कमाएको हो।

अराधना शाह र अमित जोशीले निर्देशन गरेको फिल्ममा शाहिद र कृतिले पहिलोपटक एकसाथ काम गरेका हुन्।

बलिउडमा रजनीकान्तपछि कृतिले फिल्ममा दोस्रोपटक रोबोटको पात्र बनेकी हुन्। फिल्ममा रोबोट बनेकी कृति र शाहिदको लभस्टोरीबारे कथा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्