April 20,2024,Saturday
spot_img

बसरुद्दिन अन्सारीविरुद्ध किर्ते मुद्दा दर्ता

वीरगन्ज,१५फाल्गुन:वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध लिखत कसुरसम्बन्धी (किर्ते) मुद्दा दर्ता भएको छ। फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता भएको हो।

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध मेडिकल कलेजका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएकाे पर्सा जिल्ला अदालत प्रशासनले जनाएको छ। अदालतका एक अधिकृतका अनुसार अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिनविरुद्ध मिसिल नम्बर ०८०–सिपी–०८७१ मुद्दा दर्ता भएको छ।

उक्त मुद्दामा तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दिनले अस्पतालका कर्मचारीलाई उचालेर श्रम कार्यालय वीरगन्जमा ट्रेड युनियन दर्ता गराउन लगाएको उल्लेख छ। श्रम कार्यालय वीरगन्जले ट्रेड युनियन दर्ता किन गर्ने भनी अस्पतालबाट जवाफ माग गरेपछि फागुन ४ मा प्रबन्ध निर्देशकबाट हटिसकेका बसरुद्दिनले अस्पतालको छाप र हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको छ।

कलेज सञ्चालक समितिले पदबाट हटाइसकेपछिपनि बसरुद्दिनले गत फागुन १० गते प्रबन्ध निर्देशककै रूपमा श्रम कार्यालय वीरगन्जमा अस्पतालको तर्फबाट हस्ताक्षर गरेर पत्र बुझाएपछि किर्ते मुद्दा दर्ता भएको हो।साभार:नयाँपत्रिकाबाट

प्रतिक्रिया लेख्नुहोस्
neelambads

ताजा खबर

सम्बन्धित खबर