२१ गतेबाट आयोजना हुन गईरहेको शहिद हेमनारायण यादब फुटबल गोल्डकप प्रतियोगिताको खेल तालिका तथा पुरस्कार ट्रफी पत्रकार सम्मेलन बिच सार्वजनिक गरिएको छ ।
सिरहा नगरपालिकाको सहयोग, जिल्ला फुटवल संघ सिरहको प्राविधिक सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा अन्तराष्ट्यि स्तरका १० वटा टिमका खेलाडिहरु बिच खेल हुने सल्हेश युवा क्लब सिरहाका अध्यक्ष राजिप यादवले खेलको तालिका र ट्रफी सिरहा नगरपालिकाको मेयर डा. नवीन कुमार यादबले अनावरण गरिएको छ ।
“युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान“ नाराका साथ सिरहामा अन्तर्राष्ट्रिय खेल हुने भएको छ ।
उद्घाटन सत्रको पहिलो दिन डाँगी युथ क्लव वेलवारी, मोरङ र नव जनजागृती युथ क्लव सिमरा, वारा, २२ गते चात्या सा पुस्ताकालय दमक, झापा र बागमती युवा क्लव, सर्लाही, २३ गते सलहेश युवा क्लव सिरहा, निलो र दुधौली स्पोर्ट क्लव सिन्धुली, २४ गते माँ कामाख्या स्पोर्टस क्लव बनारस यु.पी. भारत र हेटौडा फुटबल एकेडेमी मकवानपुर, २५ गतेका दिन २३ गतेको खेलका विजयता र रारा फुटबल क्लव राजारानी धनकुटा, २६ गते २४ गतेका विजयता र सलहेश युवा क्लव सिरहा रातो र २७ र २८ गते सेमीफाइनल, ३० गते फाइनल खेल हुने तालिका सार्वजनिक गरिएको छ ।
फाइनल खेलका प्रथम विजयतालाई नगद रु.२ लाख ७१ हजार, ट्रफी र दोस्रो उपविजयतालाई नगद रु १ लाख ३५ हजार, ट्रफी प्रदान गरिने छ । त्यसैगरी खेलका प्रत्यक दिन म्यान अफ द म्याच लगायतका पुरस्कारहरु पनि वितरण गरिने आयोजक टिमले जानकारी दिएका छन ।
खेल मर्यादित र व्यवस्थित बनाउन आयोजक टिमलाई सिरहा नगरपालिका मेयर डा. यादबले निर्देशन गर्नु भयो । खेलमा हेर्न आउने दर्शकलाई कुनै पनि किसिमको समस्या हुनु हुदैन् र खेल परिणाम सत्य तथ्य पारदर्शी हुनु पर्ने मेयर यादबले आयोजकलाई सजग गराएका छन् ।खेल दिनको २ ३० बजे सुर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस सिरहाको प्राङ्गणमा हुनेछ ।