पर्सा / बुधबार राती करिब १२ बजे संकल्प लोकसेवा आयोगमा आगलागी हुदा लाखौं रकम बाराबरको समाग्री तथा कागजात जलेर नस्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको छिमेकी भवन जिल्ला सहकारी सघ लिमिटेडको गोदाम लाई भाडामा लिइ सन्चाल रहेको सकल्प लोकसेवामा आगलागी हुदा लाखौंको समान जलेर खरानी भएको सन्चालक असोक कुमार साहले बताएका छ्न  ।

जिल्ला सहकारी संघ लिमिटेडको मादामको दक्षिण भागामा  भाडामा लिइ संकल्प लोकसेवा  सञ्चालन गरी आएको थिए । बुधबार  दिनको सम्पुर्ण काम सकाएर आफू घरगएको र राती करिब १२ बजे तिर भवनको भित्र भागमा अचानक आगलागी भएको थियो ।

आगोलागी हुदा  जिल्ला प्रहरी कार्यालय  पर्साका प्रहरी कर्मचारीहरु र वरुणा यन्त्र समेतको सहयोगमा लामो समय पश्चात आगो  नियन्त्रणमा आएको भए तापनि उक्त आगोलागिमा कार्यालय र कक्षा सञ्चालनमा प्रयोग भैरहेको  कम्प्युटर ६ सेट, प्रिन्टर ४ थान, ल्याप टॉप ३ थान, प्रोजेक्टर २ थान, स्मार्ट बोर्ड ३ थान,  ४३ इन्चको टिभि ५ थान, पखा ४३ खान, एसि १ थान, फ्रिज १ थान, डेक्स बेन्च ६५ थान  लगायतको समान र नगद पैंतालीस हजार जलेर नस्टहुनुको साथै कार्यालयमा राखिएको अतिआवस्यक कागजातहरु नागरिकता, राष्ट्रिय परिचय पत्र, प्रमाण पत् सवारी  चालक अनुमति पत्र सवारी दर्ता किताव, पाठ्यपुस्तकहरु लगायत सम्पूर्ण कागजपत्रहरु, फल्स  सिलिङ समेतका सम्पुर्ण सामानहरु पुर्ण रूपले जलेर  नस्टभएको संचालक साहले बताए । उनका अनुसार आगलागी बाट पचपन्न लाख भन्दा बढीको हानि नोक्सानी भएकको बताए ।

सहाका अनुसार उक्त आगलागिको कारण एकिन  नभएको र शंकास्पद देखिएको छ । रातको समयमा कार्यालयमा कोही नभएको मौकामा कोही कसैले  आगो लगाएको हुन सक्ने कुराहरुको सम्भावना भएकोले यो घटनाको छानबिन गर्न आफुले पर्सा प्रहरी लाई लिखित निवेदन दिने बताए । 

प्रतिक्रिया लेख्नुहोस्