नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति तथा प्रदेश सांसद जनार्दन सिहं क्षेत्रीले आज एउटा प्रेस बिज्ञप्ती जारी गर्दै जेष्ठ १९ गते भएको घटना लाई लिएर क्षमा प्राथी मागेका छन । जेष्ठ १९ गते बसेको नेपाली कांग्रेस पर्सा कार्यसमितिको बैठकमा उनले आफु कुनै व्यक्ती, लिंग समुदाय वा जातिको गरिमा वा सम्मानमा चोट पुयाउन मनसाय नराखेको व्यहोरा अवगत गराउएका छन ।
उनले प्रेस बिज्ञप्तिमा भनेका छन कांग्रेस सदैव नेपाली समाजका विभिन्न भाषा, धर्म, जात, लिंग, समुदाय र भूगोलका वासिन्दाको सम्मान, स्वतन्त्रता र सहभागिताका लागि लड्दै आइरहेको पार्टि हो । संघियता र समावेसीताका लागि आत्मसात गरेको वर्तमानको संविधान नेपाली कांग्रेसकै नेतृत्वमा आएको सवैमा सर्वविदितै छ ।
त्यस्तै उनले आफुपनी नेपाली कांग्रेसको सिपाहीको नाताले उच्च लोकतान्त्रीक परम्परा अनुसार सवै वर्ग समुदाय प्रति उच्च सम्मान र सदभाव राख्दै आएको व्यक्ती हु भनेका छन । मुलुक भित्रका सम्पुर्ण वर्ग समुदायको अधिकार, पहिचान एवम् सम्मान प्राप्तीका लागि नेपाली कांग्रेस द्वारा विभिन्न कालखण्डमा भएको आन्दोलन र संघर्षका क्रममा जेल जीवन सहित सक्रिय भूमिका निर्वाह गर्दै आएको एक लोकतान्त्रीक सिपाही हुँ भन्दै उनले मिति २०६१ ज्येष्ठ १९ गते नेपाली कांग्रेस पर्सा जिल्लाको कार्य समितिको बैठकमा भएको घटना प्रति क्षमा प्राथी मागेका छन ।
जनार्दन सिंह क्षेत्री द्वारा जारी गरिएको प्रेस बिज्ञपति