काठमाडौं । अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इंग्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ बाट सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने पहिलो टिम बनेको छ ।

आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमै विकेट नगुमाई भेटाएर अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो ।इंग्ल्यान्डको जितमा विस्फोटक ब्याटिङ गरेका जस बटलरले ८३ रन बनाए । आक्रामकरूपमा प्रस्तुत भएका बटलरले ३८ बलमा ६ चौका र सात छक्का प्रहार गरे । अर्का ओपनर फिल साल्ट २५ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले १८.५ ओभरमा सबै विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । अमेरिकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्