हथियार सहित एक भारतीय नागरिक शस्त्रको नियन्त्रणमा

रौतहट / रौतहटको गौर नगरपालिका वडा नम्बर न.२ महादेवपट्टि नाका बाट सशस्त्र प्रहरीले सोमबार हथियार सहित एक भारतीय नागरिक नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा भारतको जिल्ला सितामढी बैरगनिया ३ असोगी निवासी २१ वर्षीय राहुल राम रहेको शस्त्र प्रहरी रौतहटले जनाएको छ।भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको मोटरसाइकललाई सीमाक्षेत्रमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा सो हतियार फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्