नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र रहेको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा भएको नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहमा बोल्दै थापाले कांग्रेसभित्र थोरै फोहोर रहे पनि सफा गर्नुपर्ने बताए।

‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन। कांग्रेसभित्र फोहोर थोरै छ, तर सफाको अंश धेरै छ। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,’ थापाले भने।

उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित रहेको बताए। साथै उनले पार्टीलाई योगदान दिएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए।

                           (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया लेख्नुहोस्