रौतहटकी प्रमिला कटुवालका छोरा दुई वर्षका भए। उनलाई मोबाइल नदेखाइ खाना खुवाउनै मुस्किल पर्न थालेको छ।

मोबाइल वा टिभि देखाएपछि ग्वामग्वाम खान्छन्। तर अरूले बोलाएको तिर फिटिक्कै ध्यान दिँदैनन्। बोली पनि फुटेको छैन।

ुमोबाइल हेरेर थोरै आवाज निकाल्छ तर शब्द निकाल्न सकेको छैन। बोलाउँदा पनि ध्यानै दिँदैन। मलाई त नबोल्ने र कान पनि नसुन्ने हो कि भन्ने डर लागेको थियो। अझ कतिले त सुस्तमनस्थितिको हो कि पनि भने। डर लागेर अस्पताल लगेको, डाक्टरले अरू केही समस्या छैन, मोबाइल देखाउन कम गर्नुस् भन्नुभएको छ,ु प्रमिलाले सुनाइन्।

प्रमिलाले छोरा हिँड्न थालेदेखि नै मोबाइल देखाउन थालेकी थिइन्।

ुखान खुवाउनै नसकिने भयो। रूने, झगडा गर्ने, उठेर हिँडिहाल्ने। मोबाइल देखेपछि हेर्दै खान थाल्यो। छोराले खान्छ भने किन नदेखाउने भन्ने लाग्यो,ु उनले थपिन्।

पत्रकार बखतीयार आलमकी छोरी सात वर्षकी भइन्। स्कुल जानेबाहेक अधिकांश समय मोबाइल स्क्रिनमै बिताउँछिन्।

आमाबुबा दुबै व्यस्त हुने भएकाले उनलाई भुलाउन सानै उमेरदेखि मोबाइल हेर्न दिए। त्यही कारण अहिले मोबाइल नभइ नहुने जस्तै भएको उनी बताउँछन्। उनीहरूले छोरीका लागि छुट्टै मोबाइल नै किनिदिएका छन्।

ुअहिले त छोरी मोबाइल हेर्दै खाना खान्छिन्। स्कुलले दिएको गृहकार्य पनि छेउमा मोबाइल राखेर चलाउँदै गर्ने बानी छ,ु उनी भन्छन्, ुराति ननिदाउँदासम्म मोबाइल नै नभइ हुँदैन।ु

बखतीयार का अनुसार छोरी लाई घरबाहिर घुमफिरमा लैजाँदा पनि खुसी हुन्नन्। बरू कतिखेर घर फर्किएर मोबाइल चलाउने भन्ने ध्यान हुन्छ जस्तो लाग्छ। मोबाइल चलाउन पाएपछि अरू आफन्त साथीभाइसँग पनि बोल्न रूचाउँदिनन्,ु उनले भने।

उनीहरूको जस्तो समस्या बोकेर थुप्रै अभिभावक काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा पुग्ने गरेको अस्पतालको बाल मनोरोग विभागमा कार्यरत बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सकहरुले बताउछन् ।

ढिला उमेरसम्म पनि बालबालिका नबोलेको, स्क्रिनमा समय धेरै बिताउने र ग्याजेटबिना खानै नखाने, अन्त ध्यान नदिने, एकोहोरो हुने, अत्यधिक मोबाइल हेर्ने बालबालिकामा अटिजम जस्तै लक्षण देखापर्ने लगायत समस्या लिएर अभिभावकहरू पुग्ने गरेको असपतालमा कार्यरत डाक्टरहरु बताउछन् ।

ुतीनदेखि पाँच वर्ष उमेरकाले मोबाइल धेरै हेरे, खुवाउँदा पनि हेर्छन् भन्दै अभिभावकहरू आउँछन्। त्यत्रो बच्चाले मोबाइल धेरै हेर्‍यो भनेर अभिभावकले भन्न कसरी सुहाउँछ मोबाइल बच्चाले हेरेका होइनन् नि, अभिभावकले देखाउने गरेको चिकितसक बताउछन् ।

बालबालिकाले धेरै कुरा अभिभावकबाटै सिक्छन्। त्यसैले उनीहरूसँग के गर्ने, के नगर्ने भन्ने विषयमा अभिभावकले विशेष ध्यान दिनुपर्ने डाक्टरहरुको भनाइ छ।

ुबच्चाले आफ्नो वरपर के भइरहेको छ, त्यो हेरेर सिक्ने हो। आफ्नो भावना र व्यवहार आफैले नियन्त्रित गर्न सक्दैन। अभिभावककै कारण बालबालिकाले स्क्रिनमा धेरै समय बिताउन थालेका छन्। अनि साथीभाइ तथा अरू मान्छेहरूसँग घुलमिल हुँदैनन्,ु उनले भने।

धेरै स्क्रिन देखाउँदा बालबालिकामा भाषा तथा बौद्धिक विकासमा असर पुग्ने चिकितसक बताउछन् ।

उनका अनुसार पूर्वबाल्य अवस्था ९दुई वर्षमुनि० का बालबालिकालाई अत्यधिक स्क्रिन देखाउँदा बोलीमा समस्या आउन सक्छ। सबै बच्चामा एउटै किसिमको असर देखिन्छ भन्ने चाहिँ हुँदैन। त्यस्तै बोली तथा भाषाको विकास भइसकेका बालबालिकाले स्क्रिनमा धेरै समय बिताउँदा बोली वा भाषामा समस्या पर्दैन।

बालबालिकाको यसै पनि कम ध्यान केन्द्रित हुन्छ। स्क्रिनमा कुनै पनि कुरा छिटो, रमाइलो र मजा हुने देख्दै हुर्किँदा धैर्य गर्ने बानी पनि कम हुन सक्छ। धेरैजसोमा ढिला बोली फुट्ने, कसैले बोलाउँदा राम्रो प्रतिक्रिया नदिने, आफूभन्दा ठूला मानिसहरू भेट्दा आदर(सत्कार नगर्ने लगायत समस्या पनि देखिएको उनले बताए।

ग्याजेटमा अत्यधिक समय बिताउने १०र१२ वर्ष उमेरकामा सामाजिक सिकाइका कुराहरू कमी हुन थालेको डाक्टर बताउछन् ।

ुकोठाभित्र बसेर मोबाइलमै भुल्ने हुनाले अरूसँग घुलमिल हुन नसक्ने, घरबाहिर हिँडडुल तथा घुमफिर गर्न नरूचाउने लगायत समस्या देखिएको छ,ु उनले भने।

अत्यधिक समय स्क्रिनमा बिताउँदा शारीरिक रूपमा पनि असर पर्छ। आँखा दुख्ने, टाउको दुख्ने, शरीर भारी हुने, आँखा सुख्खा हुने, मोटोपन बढ्ने जस्ता शारीरिक समस्या देखा पर्ने हुन्छ ।
साना छोराछोरी भुलाउने बहानामा मोबाइल जस्ता उपकरण धेरै हेर्न दिँदा शारीरिक, सामाजिक, संवेगात्मक विकासमा गम्भीर असर पुग्ने देखिएको युनिसेफमा कार्यरत प्रारम्भिक बाल विकास विशेषज्ञहरु बताउँछन्।

बोली विकास राम्रोसँग नहुने, कुरा नसुन्ने, धैर्य क्षमतामा ह्रास आउने, घुलमिल नहुने जस्ता समस्या बढ्दै गएको उनले बताए।

ुयसले दीर्घकालीन रूपमा गम्भीर असर पुर्‍याउँछ,ु चिकित्सकले भने।

मोबाइल लगायत विद्युतीय उपकरणमा भुलाउनुभन्दा घरबाहिर खुला ठाउँमा खेल्ने कुरामा बालबालिकालाई केन्द्रित गराउनुपर्नेमा उनले जोड दिए। यसमा अभिभावकको सहभागिता हुन उत्तिकै जरूरी छ। तर नेपालमा बालबालिकासँगै खेल्ने अभिभावक निकै न्यून रहेको विभिन्न अध्ययनले देखाएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयको एक प्रतिवेदन अनुसार नेपालमा बालबालिकाको खेलमा बुबाको सहभागिता कम देखिएको छ। जम्मा १७।६ प्रतिशत बुबाहरू मात्रै आफ्ना छोराछोरीसँग खेल्छन्। यस्ता आमाहरूको संख्या भने ४२ प्रतिशत छन्।

प्रविधिको यो युगमा अबको पुस्तालाई मोबाइल, ल्यापटपबाट अलग राख्न सकिँदैन। कम्तीमा उमेरअनुसार उनीहरूले चलाउने समय र के हेर्छन् भन्ने चाहिँ ख्याल गर्नुपर्ने चिकित्सककोभनाइ छ।

निद्रा, शारीरिक व्यायाम, शैक्षिक क्रियाकलाप, खानपिन तथा मनोरञ्जनका कुराहरू चाहिने हुँदा स्क्रिन समय सीमित गरेर अभिभावकले यतातर्फ पनि ध्यान दिनुपर्ने उनले बताए।

विश्व स्वास्थ्य संगठन र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको मापदण्ड र सिफारिस अनुसार दुई वर्षमुनिका बालबालिकालाई स्क्रिन देखाउनै हुँदैन। तीनदेखि पाँच वर्ष उमेरकालाई एक घन्टाभन्दा कम समय र पाँच वर्ष माथिकालाई दुई घन्टाभन्दा कम समय देखाउँदा हुन्छ।

यो मापदण्ड किन राखियो भन्नेबारे धेरैले नबुझेको चिकित्सकको भनाईछ ।

ुपछिल्लो समय बालबालिकामा किन मोटोपन बढ्दो देखियो। पहिलेपहिले बच्चालाई धेरै बाहिर खेल्यो भनेर कान समातेर भित्र ल्याउनुपर्थ्यो। अहिले बाहिरबाट भित्र ल्याउन कान समात्नुपर्ने अवस्था छ। धेरै मोबाइल हेर्दा शारीरिक क्रियाकलाप कम भयो। त्यसैले विश्वव्यापी रूपमा स्क्रिन टाइम मापदण्ड निकालिएको चिकित्सकले बताए ।

प्रतिक्रिया लेख्नुहोस्