पर्सा / शत्रुघ्न सिन्हा बिहारमा बिहारी बाबुको नामले परिचित छन्। अहिले बिहारी बाबुकी छोरीले मुस्लिम केटासँग बिहे गरिसकेपछि बिहारका जनताले यसलाई मानेनन् । बिहारको एउटा पोस्टर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जहाँ मानिसहरूले शत्रुघ्नलाई विवाहबारे पुनर्विचार गर्न आग्रह गरिरहेका छन्। यसबाहेक, धेरैले सोनाक्षी सिन्हालाई बिहार प्रवेश गर्न नदिने दाबी गरिरहेका छन्।
बिहारमा सोनाक्षी सिन्हा र जहीर इकबालको विवाहको विरोध
बिहारको हिन्दू शिव भवानीले सोनाक्षी सिन्हा र जहीर इकबालको विवाहको विरोध गरेको छ । हिन्दु शिव भवानीले पोस्टर राखेको छ । जसमा भनिएको छ, सोनाक्षी सिन्हा र जहीर इकबाल की शादी लव जिहाद को बढावा, पोस्टरमा थप लेखिएको छ, ूशुद्ध देश को इस्लामिकरण कर्ने कि कोशिष , समुदायले शत्रुघ्न सिन्हालाई छोरीको विवाहमा पुनर्विचार गर्न आग्रह गरे। पोस्टरमा लेखिएको छ, शत्रुघ्न सिन्हा जी शादी के फैस्ले पर करे पुनरविचार नही तो अपने बेटें लव अैर कुश अपने घर रामायण का नाम तुरन्त बदल दे । पोस्टरमा विवाह ‘हिन्दु धर्म का अपमान’ भएको दाबी गरिएको छ । पोस्टरको अन्त्यतिर, अभिनेत्रीलाई चेतावनी दिइएको छ, सोनाक्षी सिन्हा को हिन्दू शिवबाहवानी सेना बिहार मे घुस्ने नही देंगी