साउदी अरबले अत्यधिक गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या सार्वजनिक गरेको छ।
साउदीका स्वास्थ्य मन्त्री फद अल जलाजेलले अत्यधिक गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या १ हजार ३०१ पुगेको आइतबार जानकारी दिएका हुन्।मृत्यु हुनेमा अवैध बाटोबाट जानेहरू धेरै रहेको बताइएको छ। मन्त्रालययले ८३ प्रतिशत मृतकहरू अवैध बाटोबाट र कुनैपनि स्वास्थ्य सुरक्षा अनपनाइ आएकाहरू छन्।
मृतकहरू अधिकांश बालबालिका र बिरामी वृद्ध वृद्धाहरू रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। मृतक सबैका आफन्तसँग सम्पर्क भइसकेको पनि मन्त्रालयले भनेको छ।हजका लागि नेपालसहित विभिन्न मुलुकहरूले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ।
तर त्यसबाहेक धार्मिक कर्तव्य पूरा गर्न भनेर त्यसबाहेकका इस्लाम धर्मावलम्बीहरू पनि मक्का जाने र त्यसको रेकर्ड नहुने भएकाले मृतकको संख्या बढेको हो।मक्का जाँदा अत्यधिक तापक्रमका कारण बाटोमै पनि सयौं हजयात्रीको मृत्यु भएको बताइएको छ।
मक्कामा यसपालि १८ लाख मानिसहरूलाई अनुमति दिइएको थियो। अनुमित प्राप्त हजयात्रीहरूका लागि विभिन्न सुविधाहरू हुन्छ। तर यसका लागि ठूलो रकम लाग्छ।