फेसबुकले आफ्नो मेसेन्जर प्रयोगकर्ताहरुलाई स्क्रिन शेयर फिचर उपलब्ध गराएको छ । यो फिचरबाट प्रयोगकर्ताले मेसेन्जरमा भिडियो तथा अडियो कल गर्दा आफ्नो डिभाइसको स्क्रिन शेयर गर्न सक्दछन् । मेसेन्जरमा स्क्रिन शेयर गर्नका लागि

एन्ड्रोइड तथा आइफोनमा स्क्रिन शेयर गर्ने तरिका

  • मेसेन्जर खोल्नुहोस् र आफुले स्क्रिन शेयर गर्न चाहेको व्यक्तिलाई कल गर्नुहोस्
  • कल गरिरहेको बेलाका अतिरिक्त फिचर देखाउनका लागि स्क्रिन स्वाइप गर्नुहोस्
  • त्यसपछि आइकनमा जानुहोस् र त्यसमा ट्याप गर्नुहोस्
  • कतिपय डिभाइसमा तपाईंले तत्कालै पूरै स्क्रिन शेयर सुरु गर्न सक्नुहुनछ भने कतिपयमा चाहिं निश्चित एप्लिकेसन विन्डो
  • मात्रै शेयर गर्ने विकल्प दिइन्छ । आफूलाई उपयुक्त हुने विकल्प छान्नुहोस् ।
  • यसक्रममा मेसेन्जरलाई स्क्रिन रेकर्ड गर्ने अनुमति दिनुपर्ने हुनसक्छ । यसका लागि Allow  वा Start Recording मा ट्याप गर्नुहोस्

स्क्रिन शेयर गर्ने बेलामा तपाईंले स्क्रिनको माथि वा तल्लो भागमा सानो कन्ट्रोल प्यानल देख्न सक्नुहुन्छ। यसबाट तपाईंले शेयरिङ बन्द गर्न, माइक्रोफोन म्युट गर्न तथा क्यामरा खोल्न वा बन्द गर्न सक्नुहुन्छ।
स्क्रिन शेयरिङ बन्द गर्नुपर्दा कन्ट्रोल प्यानलको बटन थिच्नुहोस् वा स्क्रिनमा देखिएका निर्देशनको पालना गर्नुहोस् । यसमा रातो बटनमा ट्याप गर्ने वा स्क्रिनको माथिबाट तल स्वाइप गर्नुपर्ने हुन्छ।

डेस्कटपमा स्क्रिन शेयर गर्ने तरिका

  • कम्प्युटरमा फेसबुक मेसेन्जर साइट वा एप खोल्नुहोस् र सम्बन्धित व्यक्तिलाई कल गर्नुहोस्
  • कल स्क्रिनमा स्क्रिन शेयरिङ बटन खोज्नुहोस् । यो मोनिटरको चित्र जस्तै आइकन हुनसक्छ वा लेखिएको बटन हुनसक्छ। त्यसमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि पूरै स्क्रिन वा कुनै निश्चित एप्लिकेसन विन्डो शेयर गर्ने भन्ने कुरा छान्ने विकल्प आउँछ, त्यसमा आफ्नो छनोटको विकल्प रोज्नुहोस् ।

स्क्रिन शेयरिङ सुरु गर्नका लागि बटनमा थिच्नुहोस्

स्क्रिनमा सानो कन्ट्रोल प्यानल देखापर्नेछ। त्यसबाट तपाईंले शेयरिङ बन्द गर्न, माइक्रोफोन म्युट गर्न वा क्यामरा खोल्न तथा बन्द गर्न सक्नुहुनछ।
स्क्रिन शेयरिङको काम सकिएसँगै कन्ट्रोल प्यानलमा देखिएको बटनमा थिच्नुहोस् वा स्क्रिन शेयरिङ बन्द गर्नका लागि स्क्रिनमा देखिएका निर्देशन पालना गर्नुहोस् ।

प्रतिक्रिया लेख्नुहोस्