पर्सा/सर्लाहीको लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।स्थानीय ५० वर्षीय रामलाल मोक्तान पक्राउ परेका हुन् । प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो । आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित मोक्तान पक्राउ परेकोे सर्लाही प्रहरीले जनाएको छ ।
मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।र थपअनुसन्धानका लागि मोक्तानलाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।