काठमाडौँ । नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ ।
बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसकेका छन् ।

यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दै छन् ।
बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्