काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

‘ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४र८५ को मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।नेप्से ०२७ प्रतिशतले बढेर २०७१।७७ विन्दुमा बन्द भएको छ । चार अर्ब १८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

१३ समूहमध्ये पाँचवटाको परिसूचक घटेको छ । परिसूच्क घट्नेमा वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बिमा, ‘अन्य’ र व्यापार समूह छन् ।१५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ र आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया लेख्नुहोस्