राहुल गुप्ता /पर्सा

ट्राफिक सप्तहा अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल समुदाय प्रहरी साझेदारी को सन्युक्त आयोजना मा कंचनजङ्गा बोर्डिङ्ग स्कुल मा कक्षा ८ का अध्यनरत बिद्यार्थीहरु लाई ट्राफिक जनचेतना तथा अन्तरक्रीया कार्यक्रम को आयोजना सम्पन्न गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल का अध्यक्ष रमेश कुमार चौधरी को सभापतित्व मा भएको कार्यक्रम मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का प्रहरी नायब निरीक्षक बुद्ध खड्का एवम प्रहरी सहायक निरीक्षक बीरबहादुर यादब ले अध्यनरत बिद्यार्थीलाई ट्राफिक नियम र दुर्घटना बाट जोगिने जोगाउने बारे कक्षा ८ मा अध्यनरत बिद्यार्थीहरुलाइ प्रशिक्षण दिएका थिए।कार्यक्रम मा बिद्यार्थीहरुले सवाल जवाफ गर्दै अन्तरक्रीया समेत गरेका थिए।ट्राफिक ज्ञानको को लागि न बुझेका कुरा १०३ मा निशुल्क कल गरि जानकारी हाशिल गर्न सक्ने प्रहरी नायब निरीक्षक खड्का ले जानकारी दिनु भयो। कार्यक्रम मा प्रशिक्षण दिने प्रहरी नायब निरीक्षक बुद्ध खड्का सहायक प्रहरी निरीक्षक बीरबहादुर यादब सहयोगी टन्क बहादुर खत्रलाई स्कुल ले माया को चिनो ले सम्मानित गरिएको थियोे ।

कार्यक्रम मा कन्चनजङ्गा बोर्डिङ्ग स्कुल का डायरेक्टर एवम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल का सल्लाहकार मार्टिन मोक्तान मुनलाइट बोर्डिङ्ग स्कुल का प्रीन्सपल एवम सल्लाहकार श्याम के.शी कपडा बैंक बिरगंज का अध्यक्ष लालबाबू सिंह सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल का उपाध्यक्ष सन्जु दहाल उपाध्यक्ष सियाराम नेपाली सदस्य इन्द्रीरा पोखरेल ज्ञानमाया रायमाझी सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोल का प्र.स.ह कुमार बि.क प्र.स.ह अमित कुमार यादव प्रहरी जवान दिलिप कुमा्र कोइरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का प्रहरी सहयोगी टन्क बहादुर खत्री लगायत को सहभागिता रहेको थियोे भने कार्यक्रम को सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल का सचीव श्रवण रायमाझीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्