बिरगंज / स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यदवले देशभरका अस्पतालहरूमा निःशुल्क तथा सहुलियतपूर्ण उपचार कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन जारी गरेका छ्न ।
उनले आफ्नो अधिकारिक समाजिक संजाल फेसबुक मार्फत आम सर्व साधारण लाई जानकारी गराउदै  सबै सरकारी तथा निजी अस्पतालहरूमा पाइने निःशुल्क सेवा तथा नी:शुल्क रूपमा हुने विभिन्न ८ वटा कडा रोगको शल्यक्रिया उपचार सम्बन्धि सूचना नागरिकलाई स्पष्ट र सजिलै बुझिने गरी सार्वजनिक गर्नुपर्छ । साथै, अस्पतालहरूले कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि व्यवस्था गर्नुपर्दछ र सोको विवरण वेबसाइटमा अद्यावधिक गरी सात दिनभित्र मन्त्रालयमा पेस गर्नु पर्ने समेत निर्देश दिएको जनाएका छ्न ।

यस प्रकारको  निर्देशनले गरिब तथा विपन्न नागरिकहरूले सहज रूपमा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्दै नेपालको स्वास्थ्य सेवा प्रणालीमा पारदर्शिता र विश्वसनीयता बढाउने  आफ्नो विश्वास बिश्वास रहेको बताएका छ्न ।

प्रतिक्रिया लेख्नुहोस्