मधेशका मुख्यमन्त्री सतिस कुमार सिंहले सुरक्षा निकायको व्यवहारका कारण मधेशमा भारतीय पर्यटकलाई आउन समस्या भइरहेको बताएका छन् ।घुमौं मधेश, बुझौं मधेश नाराका साथ आज बीरगन्जमा आयोजित सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले बताएका छन् ।
उनका अनुसार मधेशमा अधिक पर्यटक भारतबाट आउने गरेका छन् । तर सुरक्षा कर्मीहरुले सुरक्ष चेक जाचको नाममा गरिने व्यवहारले उनीहरु झनझटमा पर्ने गरेको गुनासाहरु प्रदेश सरकारमा आइरहेको बताए ।
त्यसकारण राज्यले यी विषयहरुप्रति गम्भीरतापूर्वक ध्यान दिनुपर्ने जरुरी रहेको उनको तर्क थियो । मुस्कानसहितको प्रहरीले सेवा प्रवाह गरे धेरै समस्या समाधान हुने उनको सुझाव दिए । भारतीय पर्यटकहरु संख्या ब्रिधि भएमा देशको राजश्वमा ठूलो टेवा पुग्ने बिचार साझा गरे
मधेशमा आउने पर्यटकलाई होल्ड फोकस भएर काम गर्न आवशक्ता रहेको उनको भनाइ थियो । यसका लागि प्रदेश सरकारले काम गरिरहेको छ, अब जनमानस बाट पनि त्यही अनुसारको योजनाहरु ल्याउनु पर्दछ । अनि सबैको सहकार्यमा यो अभियानलाई सफल बनाउँन सकिने आफुले बिश्वास लिएको मुख्यमन्त्री सिंहले बताए। अहिलेको प्रदेश सरकार आराम गर्ने सरकार नभएकोले प्रदेशको विकासका लागि हुने सबै सकारात्मक कार्यमा सरकार सबै संग हातेमालो गर्न तयार रहेको समेत मुख्यमन्त्री सिंहको दाबि गरे।
कार्यक्रममा बोल्दै पर्यटन मन्त्री युवराज भट्टराइ (समीर) ले प्रदेश सरकारले पर्यटन भित्र्याउन हरेक पहलको थालनी गरेको बताए । त्यही रणनीति अनुसार प्रदेश सरकारले २०८२ लाई भिजिट मधेशको नारा ल्याएको उनले जनाए । पर्यटन मन्त्री युवराज भट्टराइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसदहरु जनार्दन सिंह क्षेत्री, श्याम पटेल, रहबर अन्सारीले आ आफ्ना धारणा राखेका थिए ।