पर्सा/राहुल गुप्ता
ट्राफिक सप्ताहको अन्तिम दिन बुधबार वीरगन्जमा ९० जना चालक र सहचालकको निःशुल्क आँखा जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा र वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्रबिधिक सहयोगमा बिरगन्जको बसपार्कमा एक सिबिरको आयोजना गरि सार्वजनिक यातायातका चालक र सहचालकहरुको निःशुल्क आँखा जाँच गरिएको हो ।

ट्राफिक प्रमुख प्रहरी भाष्कर खतिवडाले सवारीसाधन चलाउँदा स्वास्थ्य जाँच गर्नेबारेमा समेत फुर्सद नभएका चालकहरु लाई सडकमै आफ्नो आँखा जचाउन पाए पछि खुशी भएको र अस्पताल पुगेर जचाउनुपर्ने बाध्यता अहिलेलाई टरेको उनले बताए । दृष्टि कमजोर हुँदा दुर्घटना हुन सक्ने भन्दै बिरगन्ज सामुदायिक अस्पतालको प्रबिधिक सहयोगमा अभियान चलाएको उनले बताए ।

शिविरमा वीरगन्ज सामुदायिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले चालक र सहचालक गरी ९० जनाको आँखाको बिशेष गरी दृष्टि र कलर भिजन लाई प्रथिमिकता दिएर आवश्क मेसिन प्रयोगगरी चेक जाँच गरीएको अस्पतालका अध्यक्ष महेश सिंह धामि जानकारी दिए ।नयाँ बसपार्क परिसरमै आयोजित शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका प्रभु चौरसिया, मुस्कान श्रेष्ठ लगायतको टोलीले चालक र सहचालकहरुको आँखा परीक्षण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्