रौतहट/रौतहटकी एकजना छात्राले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत अंक ल्याएर उर्तीण भएकी छिन्जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरी निवासी अशोक झा की छोरी अञ्जलीकुमारी झाले दुर्गा भगवती वडा नम्वर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा कक्षा १ देखि अध्ययन गरेका थिए ।

कक्षा ८ देखि नै उनी सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाबाट एसइई परीषामा सहभागी भइन् । ०३५००४६६ एच सिम्बल नम्बरबाट एसईईको परीक्षा दिएकी थिइन ।परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजाअनुसार उनी शतप्रतिशत अर्थात (४ जिपीए) ल्याएकी हुन, जुन नेपालमै १८६ जनाले मात्रै ल्याउन सके ।

विहिबार प्रकाशित भएको एसईईको परीक्षाको नजितामा देशभरीमै शतप्रतिशत (४ जिपिए) नम्बर ल्याएर १८६ जना छात्रछात्राहरु उतीर्ण भएका मध्ये रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका मत्सरीका छात्राले पनि आफ्नो नाम र स्थानलाई २०८० सालको एसईई परीक्षामा स्वर्णीम अक्षरले लेखाउन सफल भएकी छिन् । समाचार तयार पारुञ्जेलसम्म रौतहट जिल्लाकै पहिलो तथा देशमै उत्कृष्ट छात्रा बन्न सफल भएकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्