पर्सा / जिल्ला प्रहरी कार्यालय पर्साले अबैध हुण्डीको रकम सहित एकजना भारतीय पुरुष लाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
बिहिवार दिउँसो प्रहरिले विशेष सुचनाको आधारमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसियानी स्थित सडकखण्ड बाट भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतीया ग्राम ईनरूवा बजार बस्ने बर्ष ३२ को सिताराम प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो ।
कुशवाहाले चलाइ ल्याएको म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटर साइकल लाई प्रहरिले चेक जाच गर्दा मोटर साइकलको दाहिने कार्वोरेटरभित्र लुकाई छिपाई राखिएको नेपाली रु.१००० दरको नोट थान ५०० रुपाँच लाख , नेपाली रु.५०० दरको नोट थान १०० रु पचास हजार गरी जम्मा पाँच लाख पचास हजार रकम सहित कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुशवाहा विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भइरहेको । जिल्ला प्रहरी कार्यालय पर्साले आज एक बिज्ञप्ति मार्फत जनाएको छ ।