वीरगन्ज कपडा बैंक अमर चौक सुधार समितिको संयुक्त आयोजनामा ३५० थान निशुल्क कपडा वितरण ।

वीरगन्ज । वीरगन्ज कपडा बैंक र अमर चौक टोल सुधार समितीले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि वीरगन्जको रेल्वे रोड अमर चौकमा निशुल्क कपडा वितरण गरेको छ । सो अवसरमा नयाँ पुराना गरि ३५० थान कपडा वितरण गरिएको अमर चौक टोल सुधार समितिका सचिव नवराज भट्टराईले बताउनु भयो ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह अमर चौक सुधार समितिका अध्यक्ष संजय पटेलको संयुक्त अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिक वीरगन्ज महानगर वडा ४ का वडाअध्यक्ष जगत साह क्कानुले दिन दुखी असहाय सेवा नै मानिसको सबैभन्दा ठूलो धर्म भएकोले हामी सबै मिलि समाजसेवा कार्यमा हातेमालो गर्नु पर्दछ र यो कार्यमा वीरगन्ज कपडा बैंक विगत लामो समय देखि सेवा प्रदान गरिएकोमा सम्पुर्ण परिवारलाई हार्दिक धन्यवाद दिदै अमर चौक टोल सुधार समितीले आफ्नो सुरुवातमै नेक कार्य गरेकोमा आफू लाई निकै नै खुसी लागेको  बताउदै दुबै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

त्यसै गरी कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा आउनुभएका दुबै आयोजक संस्थाका सल्लाहकार अधिवक्ता उपाध्यायले सेवा नै धर्म हो र त्यसमा पनि दिन दुखी असहायको सेवा प्राथमिकतामा राखी हामिले सेवा सहयोग प्रदान गर्दै सेवारत  बताउदै सम्पुर्ण लाई सेवा सहयोग गर्न आग्रह गर्नु भयो ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष सिंह ले तपाईं संग धेरै छ भने “हामिलाइ दिनुस र तपाईलाई आवश्यक छ भने हामी संग निशुल्क लियेर जानुको मुल मन्त्रलाई आत्मसात गरि विगत ५ वर्ष देखि सेवारत छौ”   यसको लागि सम्पूर्ण सहयोगी दाता हरुले प्रदान गर्नु भएको कपडा प्रत्येक दिन कार्यालयबाट र आपत विपतको समयमा पीडामा रहेकाहरुको निवास स्थान मै पुगेर सहयोग उपलब्ध गराउदै आएको बताउदै अमर चौकको नामाकरण गरिएको अग्रज जननेता समाजसेवी अमर बहादुर खडगीको समाज प्रतिको अमूल्य योगदान हामिले सधै सम्झिने छौ भन्दै सम्पुर्ण लाई धन्यवाद प्रकट गरेका थिए । भने अमर चौक टोल सुधार समितिका अध्यक्ष पटेलले सहयोगी वीरगन्ज कपडा बैंक र सहभागी सम्पुर्ण लाई धन्यवाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथिहरू वडा ५ को वडासदस्य सन्जु दहाल, समाजसेवी हुकुम सिंह राजपूत ,नेवा दे दबु महानगर कमिटी अध्यक्ष सत्यम खड्गी ,वीरगन्ज कपडा बैंकका सचिव कन्हैया पटेल,कोषाध्यक्ष मनोज मिश्र,सदस्यहरु निला कुमारी राम,अभिलाष कुमार गुप्ता,अमर टोल सुधार समितिका उपाध्यक्ष अजय यादव,कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ ,सहसचिव शेखर चौधरी,सदस्यहरु राजेश श्रेष्ठ , सुमन राना,दिपक सराफ,मोहन श्रेष्ठ ,सचितानन्द पाल लगायत स्थानिय अग्रज ,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य अमर चौक टोल सुधार समितीका सल्लाहकार जुलुम खडगीले गरेका थिए भने सहजीकरण सदस्य चन्द्रकिशोर रामले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्