बीरगंज / हाम्रो देशको किसान यस्तो आमा हुन जो आफनो भोक मारेर पनि हाम्रो पेट पाल्दै आएको बिरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले बताएका छन ।
आज २१ औँ राष्ट्रिय धान दिवसको अवसरमा बीरगंज महानगरपालिका अन्तर्गत उदयपुर घुर्मी वडा नम्बर २७ मा रहेको कृषि तथा पशुपक्षी व्यवसाय प्रबर्द्धन शाखा द्वारा आयोजित २१ औं राष्ट्रिय धान दिवस तथा कृषक सम्मान कार्यक्रममा आफनो धारणा राख्दै उप मेयर इम्तियाज आलमले बताए उनले भने हाम्रो पुर्खाहरू कृषक नै थिए र त्यस समय उपलब्धी मुलक थियो तर आजको समयमा कृषिमा मेहनत र लगानी धेरै भएकोले आजकल मधेसका युवाहरुमा आर्कषण घटेको छ । बीरगंज महानगरपालिका भित्र हामीले किसान लाई केन्द्र बिन्दुमा राखि बिभिन्न योजना बनाएका छौ जसले किसानलाई आफनै पुख्र्यौली धरोहर बचाउन र खेति पतिमा आर्कषण बढाउने छ । देशको राजनैतिक परिस्थितिले गर्दा किसानहरु लाई चाहिने उपकरण, मल, उन्नत बिउ समयमा उपलब्ध नहुदा भोग्नुपरेको सस्ती र महंगी हामी संग लुकेको छैन । महानगरको योजनाले यहाँका किसानहरु लाई अवश्य नै राहत दिने आफनो बिश्वास रहेको उपमेयर आलमले बताए ।
कार्यक्रममा कृषि क्षेत्रमा आफनो योगदान दिएका तथा उत्कृष्ट किसानको रुपमा छानिएका महिला तथा पुरुष किसानलाई उप प्रमुख इम्तियाज आलमले दोसल्ला ,सम्मान पत्र तथा नगद बाट पुरस्कृत गरेका थिए । उक्त धान दिवस कार्याक्रम वडा २७ का वडा अध्यक्ष हृदय नारायण कुर्मी को अध्यक्षतामा आयोजना गरिएको थियो। भने बिशिष्ट अतिथिमा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई रहनु भएको थियो त्यस्तै विभिन्न शाखाका शाखा प्रमुखहरु हरि शंकर राउत कुर्मी , रुपनारायण कुर्मी ,प्रतिज्ञा बैध,सुनिल कर्ण,राम कुमार कुशवाहा,रोशनी यादव लगायत स्थानीय वासी हरुको समेत उल्लेखनीय सहभागीता रहेको थियो । उदघाटन तथा सम्मान कार्यक्रम पश्चात सहभागी सम्पुर्ण खेतमा धान रोपि कार्यक्रम लाई पुर्णरुपमा सफल बनाएको जानकारी उप प्रमुख का नीजि सचिब शेसकुमार हजराले गराएका हुन ।