नव जनकल्याण युवा संजालको पाचौं वार्षिक उत्सवको अवसरमा रक्तदान दान कार्याक्रम सम्पन्न गरेको छ ।
वीरगन्जको आदर्शनगर बडा नम्बर १० ग्यालेक्सी सेकेन्डरी स्कुलमा आयोजित कार्यक्रममा ८ जना महिला सहित ३८ जना पुरुषले रक्तदान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव रहनु भएको थियो कार्यक्रममा बोल्दै अध्यक्ष यादवले एक जनाको रक्तदानले कम्तीमा पनि ३ जनाको जिवन रक्षा गर्छ र अहिलेको समयमा पर्सा जिल्लामा रगतको अभाव भएका कारण आयोजक संस्था तथा रक्तदान गर्ने सम्पुर्ण लाई बिषेश धन्यबाद दिएका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सगिर अलीले गर्नु भएको थियो भने कार्यक्रममा विधालयका शिक्षक शिक्षिका बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा नगरकी समाजका अगुवाहरुको उपस्तिथिरहेको थियो । त्यसै गरि बृहस्पति फाउन्डेसन नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहित २९ जनाले रक्तदान गरेका छन ।