पर्सा / राहुल गुप्ता

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम ठोरी पालिका भेलाले सभापतिमा माधब बस्नेत निर्बिरोध चयन भएका छन । आज ठोरीको भन्सार चोकमा आयोजित रास्वपाको प्रथम भेलाले बस्नेत लाई सभापतिमा चयन गरेको हो ।
उनी होटल ब्यबसायी महासंघ नेपाल को केन्द्रिय सदस्य र होटल तथा पर्यटन व्यावसायी संघ पर्साका महासचिव समेत हुन । उनी लामो समय देखि होटल ब्यबसायमा संलग्न छन ।

भेलाले माधब बस्नेतको सभापतित्वमा ११ सदस्यीय पालिका समिति चयन गरेको छ । समितिको उपसभापतिमा रामशरण लामिछाने , सचिब धन बहादुर श्रेष्ठ , कोषाध्यक्ष रमा श्रेष्ठ र सदस्यहरुमा प्रबेश बस्नेत ,भुवन बुढाथोकी ,तारा बहादुर श्रेष्ठ ,पदम श्रेष्ठ , कालमान लोप्चनले , भक्त कुमारी पण्डित र उदय लाल कायस्थ चुनिएका हुन ।

रास्वपा क्षेत्र न ४ सभापति जितेन्द्र मिश्र को सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रमुख अतिथि केन्द्रिय सदस्य डा नन्दन यादवले पार्टीको नीति को बारेमा प्रकाश पार्दै अब देखि पार्टीको कार्यक्रममा खादा माला र ब्याच प्रयोग नगर्न आग्रह गरे । रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तले स्वागत भाषण गर्दै युवा पंक्ति हरु राजनीति अगाडि आउन आग्रह गरे ।

प्रमोद रायमाझी ले सहजीकरण गरेको उक्त कार्यक्रममा पार्टीको अभियान तथा प्रचार प्रसार बिभाग प्रमुख राम सर्राफ ,उप संयोजक तुलसा पौडेल , पुर्व संयोजक दिलिप कुर्मी ,प्रदेश सदस्य सुदिश प्रजापती , पुरुषोतम दबे उपाध्याय ,माध्यामिक चौधरी , राम आर्य , कृष्ण पासवान , सन्दीप पुरी लागाएतको सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस्