
नयाँ दिल्ली । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे आइतबार सेवानिवृत्त भएका छन् । उनी सेवा निवृत्त भएसँगै जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख भएका छन् ।
सेवानिवृत्त जनरल मनोज पाण्डेले ३० अप्रिल २०२२ मा भारतीय सेनाको सर्वोच्च पद ‘चीफ अफ आर्मी स्टाफ’को पद ग्रहण गरेका थिए । जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको ३०औँ सेनाध्यक्ष बनेका छन् ।
४ दशकभन्दा बढी अवधिसम्मको पाण्डेको करियर असाधारण र शानदार रहेको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । भारतीय सेनामाथि गहिरो प्रभाव पारेको उनको अटूट समर्पण र प्रेरणादायक नेतृत्व यसको प्रमाण भएको पनि पोष्टमा भनिएको छ ।
