काठमाडौँ– नेपाली कथानक सामाजिक फिल्म ‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । दिलासा कृएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्म आगामी भदौ ७ गते मात्रै प्रदर्शनमा आउने भएको छ ।

फिल्मको निर्माण संस्थाले एक विज्ञप्ति जारी गरी प्रदर्शन मिति फेरबदल गरेको जनाएको हो । यसअघि फिल्म साउन ४ गते प्रदर्शन गर्ने तय गरिएको थियो ।

सो विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हामीले यो चलचित्र साउन ४ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिरहेको सर्वविदितै छ । केही प्राविधिक कारणले गर्दा हामीले उक्त मितिमा नभइ पहिला झैँ कुनै चलचित्र,निर्मातालाई असर नपर्ने गरि ‘सतीदेवी’ नयाँ मिति ७ भदौमा प्रदर्शन गर्ने निर्णय गरेका छौं । यो मितिमा कुनै पनि स्वेदशी तथा विदेशी चलचित्रसमेत नल्याउनु हुन सम्पूर्ण वितरक, निर्माता तथा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं । चलचित्र ‘सतीदेवी’ को नयाँ प्रदर्शन मितिसँगै नयाँ पोस्टर (थर्ड लुक्स) समेत यहाँहरु समक्ष प्रस्तुत गरेका छौं ।’

अभिनेत्री मलिक महत शीर्ष भूमिकामा रहेको यो फिल्मलाई लक्ष्मण सुवेदीद्वारा निर्देशन गरेको हो । यो फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् ।

प्रतिक्रिया लेख्नुहोस्