काठमाडौँ– अमेजनले पनि च्याटजीपीटी जस्तै एआई टुल ल्याउन आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट ल्याउने भएको छ । ईकमर्स साइटबाट उदाएको अमेजनले एआई टुल ल्याउन लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था बिजनेस इन्साइडरका अनुसार अमेजनले उक्त टुललाई मेटिस नामबाट चिनिने छ । यसमा पनि च्याटजीपीटी जस्तै कुराकानी गर्नुका साथै टेक्स्ट तथा फोटो राखेर सञ्चार गर्न सकिने छ ।

मेटिस अमेजनको एआई मोडेल ओलम्पसद्वारा चल्ने जनाइएको छ । जुन अमेजनले नै सार्वजनिक रूपमा उपलब्ध गराएको टाइटन मोडेलभन्दा बढी शक्तिशाली छ ।

प्रतिक्रिया लेख्नुहोस्