वीरगन्ज । नेपाली काग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी र दलगत स्वार्थ बाट माथि उठी राष्ट्रको हितलाई सर्वोपरिमानि अगीबढे काँग्रेस–एमाले बीचको एकताले मुलुकलाई समृद्धिको बाटो तर्फ सहजै डोर्याउन सकिने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले प्रधानमन्त्री को बन्ने , मन्त्री कोे बन्ने विषयमा दुवै दलका नेता अल्झिए नेपाली नागरिकले चाहेको जस्तो नेपाल बनाउन नसकिने भएकाले राष्ट्रिय  प्रथ्मको नितिलाई अंगिकार गर्न दुवै दलका नेताहरुलाई सुझाव दिनु भयो ।

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. २ क्षेत्रीय समितिले आज वीरगन्जमा आयोजना गरेको स्व: गिरिजा प्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक भित्रको अपराधि कारणले नेपालीलाई सबै भन्दा बढी नोक्सान पुर्याइएकाले अब बन्ने नेपाली काँग्रेस र एमाले सरकारले सबै भन्दा पहिले राजनीति भित्र हुने अपराधीकरणलाई समाप्त पार्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो। उहाँले राजनीति भित्रको अपराधीकरणलाई समाप्त पार्न सकिए मुलुकलाई सहि दिसामा लैजान सकिने बताउनुभयो।

उहाँले काँग्रेस एमालेको संयुक्त सरकारले संविधान संशोधन संगै भ्रष्टाचार निवारण देखि आम नेपालीलाई प्रदान गर्न राहतको कार्यमा गम्भिर भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. २ का सभापति महम्द शहाबुदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका सहमहासचिव मन्त्री बद्री पाण्डे, पार्टीका केन्द्रिय सदस्य एवम् प्रतिनिधी सभा सदस्य रमेश रिजाल, अजय चौरसिया, शंकर भण्डारी लगायतका वक्ताले नेपाली राजनीतिका शिखर पुरुष एवम् पार्टीका पूर्व सभापति स्व: गिरिजा प्रसाद कोइरालाले देखाएको सहमती ,सहकार्य र एकताको सूत्रले नै काँग्रेस पार्टीलाई र राष्ट्रलाई बलियो बनाउने धारण व्यक्त गरेका थिए ।

वीरगन्जको छपकैयाको इदगाह चौका पूर्ण: निर्माण भएको स्व: गिरिजा प्रसाद कोइरालाको पूर्णकदको शालीकलाई आज एक कार्यक्रमका बीच वरिष्ठ नेता कोइरालाले अनावरण गर्नु भएको छ । पहिले निर्माण भएको शालीकलाई मधेश आन्दोलनमा भत्काइदिएपछि शालिक पुन: निर्माण गरिएको आयोजकले जानएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्