पर्सा / एक ११ वर्षीया बालिका आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेकी छिन ।
वीरगंज महानगरपालिका वडा नं. १६ गणेश टोल निवासी टुना रायकी ११ वर्षीया छोरी काजल राय झुण्डीएको अवस्थामा मृत फेला परेकी हुन ।
बुधवार बेलुकी ५–६ बजेको समयमा मृतकका भाई टिउसनबाट घरमा आउदा काजललाई झुण्डीएको अवस्थामा देखेर कराए पछि छरछिमेकले चाल पाएर प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयका अनुसार मृतक काजलका बाबु टुना काम विषेशले बाहिर रहेको र आमा बजार गएको र सानो भाई टिउनस पढ्न गएको बेला घरमा काजल मात्र रहेका थिए ।
कक्षा २ मा अध्ययनरत काजल कसरी झुण्डीए भन्ने बारे खुलेको छैन । घर कोठाको छतमा रहेको पंखा झुण्ड्याउने फलामे हुकमा डोरी बांधेर घांटीमा पासो लागेको र भुईमा खुट्टा समेत टेकेको अवस्थामा काजल मृत फेला परेकी छिन ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले झुण्डीएको अवस्थामा फेला परेकी बालिकाको शव परिक्षण पछि केही भन्न सकिने बताउनु भयो ।
प्रहरीले मृतकको शव तथा घटना स्थलको मुचुलका गरी शव परिक्षणको लागी नारायणी अस्पताल वीरगंजमा पठाइएको जनाएको छ ।