काठमाडौँ ।नेकपा एमाले सरकारबाट बाहिरिएको छ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट सरकारमा रहेका मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।
बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन् ।

पत्रमा सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेका छन् । समर्थन फिर्ता लिएको पत्रसँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि बुधबार नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्