पर्सा / नेपालको प्रतिष्ठित तथा सुरक्षित बैक भनाउने सिद्धार्थ बैक आफै असुरक्षित भइ आगलागीमा परेको छ ।
यही मंगलबार सिद्धार्थ बैकको वीरगंज आदर्शनगरस्थित रहेको मुख्य शाखामा भीषण आगलागी हुदा कुनै मानवक्षति भएन तर धनमालको ठूलो नोक्सानी भएको छ ।
आम जनमानसले आफ्नो रकम ,देखि जग्गा जमिन लगायत बहुमूल्य समानको साथै कागजपत्र बैकमा सुरक्षित रहने विश्वासका साथ ढुक्क भएर राख्ने गर्दाछन् । तर बैकको आफ्नै लापरवाहीले आगलागी जस्तो घटना हुनु सामान्य कुरा चाहिँ पकै पनि हैन ।
सिद्धार्थ बैकको उक्त शाखा तीन तले रहेको छ । पहिलो तल्लामा नगद काउन्टर देखि लिएर जिल्ला स्तरीय कार्य हुने दोस्रो तल्लामा प्रदेश स्तरीय कार्य हुने र तेस्रो तल्लामा भने स्टोर बनाइएको थियो । यहि स्टोर कोठा बाट आगलागी सुरुभएको थियो ।
बैकमा कार्यरत कर्मचारी विशाल कुमार पवटाका अनुसार मंगलबार “ करिब ४ बजेर ४:१० को बिचमा मा हामी लाई जलेको जस्तो गन्ध र धुवा आयो । हामी त्यसलाई प्छ्याउदै जादाँ माथिले तल्ला स्टोरबाट धुवा आएको देख्यौं धुवा आउन साथ हामीले स्टोर खोलेर हेर्दा त्यहाँ आगो लागेको थाहा पायौँ र बैंकमा जडान गरीएको सबै एम.सि.बि खसायौ बति कट्यौं”। उनले थपदै भने वरुण यन्त्र लाई तत्काल फोन गर्यौँ र बैँकमा राखिएको (Fire Extinguisher) अग्निशमन यंत्र प्रयोग गर्यौ तर उसले काम गरेन, चल्दै चलेन उनले भने त्यति मात्र हैन बैकमा लगाइएको (smoke detector system) स्मोकडिटेकटर अर्लाम पनि काम न गरेको कारण आफुहरु लाई समयमा थाहाँ पाउन न सकिएको पटवाले बताए ।
यसै विषय लाई थप पुष्टि गर्न र बुझन गोप्य खबरले सिद्धार्थ बैक आदर्शनगर शाखाका प्रमुख बाबुराम द्काल सँग कुरा गर्यौ । उनले पनि बैकको माथिले तल्लामा आगलागी भएको र सबै भन्दा बढी नोक्सानी त्यही भएको बताए । “स्टोरमा राखिएका पुराना फाइलहरू जलेका छन् । दोस्रो र तेस्रो तल्लामा फरनिचर आदि जलेको र नगद राख्ने भोल्टमा केहि न भएको बताए । आगलागी बाट बच्ने सम्पुर्ण कुरा हामिले upgrade (दुरुस्त) गरेका थियो तर आगलागी भएको थाहै पाएनौ सट सर्किट हुदा आगलागी हुन सक्ने मेरो अनुमान छ तर एम.सि.बि.नखस्नु र (smoke detector system )स्मोक डिटेक्टर अलार्मा काम न गर्नु कहि न कहि शंकाको विषय छ । अब काठमाडौँ बाट टोलि आएको छ । उसले यथार्थ पता लगाउनेछ । शाखाको सम्पूर्ण क्षतिको इन्स्योरेन्स सानीमा इन्स्योरेन्समा छ । अब के कति क्षति भएको हो त्यो चाहिँ यकिन गर्न १/२ दिन सम्म लाग्ने थापाले बताए ।
बैँकले आफूलाई एक जिम्मेवार कर्पोरेटको रूपमा र आफूहरूले सबै नियमहरू, प्रक्रियाहरू र कानूनहरू पालना गर्ने दाबि गर्दछ, साथै आफना सञ्चालनहरूमा उचित लगनशीलता सुनिश्चित गर्दै, परिचालक निकायद्वारा निर्देशित भएको समेत दाबि रहेको कुरा यस लो आफनो अधिकारीक वेबसाईट मार्फत दाबि गर्दछ । तर संस्थाले दाबि गरेका सबै कुराको भन्डाफोर मङ्गलवार अर्थात गत १८ गते वीरगन्ज शाखामा भएको आगलागी र उनकै कर्मचारीका अनुसार बैकमा राखिएका उपकरण काम न गर्नु लाई संस्थाको दाबि लाई खोक्लो दाबि भएको पुस्टी गर्दछ ।
यता एक जना प्रत्यक्ष दर्शीका अनुसार आफ्नो काम विशेषले आद्र्र्सनगर बैक नजिकैको एक पसलमा गएको बेला आगलागी भएको थियो । आफुलाई पनि बैकले जानी जानी आगो न निभाएको हो कि भन्ने प्राशन मनमा खेली रहेको रानीघाटका ११ बस्ने सुन्दर प्रसाद कुर्मीले बताए । उनका अनुसार आफुले बैकको माथिले तल्ला बाट हल्का धुवा आएको र कर्मचारीहरू आगो निभाउनुको साटो यता उता दैडिरहेको बताए । उनले थप्दै भने “वरुण यंत्र पनि समय मै आएको थियो तर बैक कर्मचारीहरूले यंत्र कर्मचारीहरू लाई विभिन्न बहान बनाइ गेटमै रोकेर राखेका थिए” सायद समयमा बैक भित्र जान दिएको भए त्यति आगो फैलिँदैन थियो कुर्मीले बताए ।
बैंकमा भएको आगलगी लाई पकै पनि समान्य रुपमा लिन सकिदैन आम सर्व साधारणले जम्मागरेको रकम देखि पुर्खा देखि कमाई आएको सम्पुर्ण सम्पति बैंकको शाखामा राखिएको हुन्छ र बैंकमा दिनहु सयौंको संख्यामा कर्मचारी देखि गा्रहक र सेवाग्रहीको भिडहुने गरीन्छ । यस घटनाले बैंक क्षेत्रमात्र हैन बीरगन्ज महानगरपलिकामा बन्ने नयाँ र बनि सकेका पुराना ब्यपारिक भवन , प्रतिस्ठन आदिले के नेपाल सरकारले जारी गरेको भवन निमार्ण तथा ब्यपारिक भवन निमार्ण नियमावली २०५५ र २०७१ म दिएको मापदण्ड अनुसार निमार्ण हुदै छन त ? वा निमाण भएका ब्यपारिक भवनहरु नियम अनुसार छन त ? यदि जियु ज्यान को नोक्सानि भएको भए त्यसको जिम्मेवारी कस्को हुने थियो त ? भन्ने थुप्रै प्रशनहरु उबजाएको छ ।