पर्सा । वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगंजस्थित श्री निरञ्जन साह कलवार आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सुधा कुमारी एक दिनका लागि वडाअध्यक्ष बनेकी छिन् । उनलाई वडाअध्यक्षको रुपमा एकदिनका लागि यो अवसर प्रदान गरिएको हो ।

यो कार्यक्रमको उद्देश्य छात्राको मनोबल बृद्धि गर्नुका साथै आजका विद्यार्थी नै भोलीका जनप्रतिनिधि बन्न सक्छन् भन्ने आत्मविश्वास बढाउनु रहेको र यस्ता कार्यक्रमले विद्यार्थीहरु लाई पढाईको प्रति आर्कषण बढाउनुको साथै महत्वको बोधपनि गराउने आफनो बिश्वास रहेको  वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह परागले बताए ।

वडाअध्यक्ष बनेकी सुधा कुमारीले श्री निरञ्जन साह कलवार आधारभूत विद्यालय हरपतगंज, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी र हरपतगंज स्वास्थ्य चौकीको अनुगमन तथा निरीक्षण गरेकी छन् । उनले विद्यालयका शैक्षिक गतिविधिहरु, विद्यार्थीहरुको उपस्थिति र विद्यालयका भौतिक पूर्वाधारको स्थिति बुझेकी छन् ।

कार्यक्रमको अन्त्यमा सुधा कुमारीलाई वडाअध्यक्ष परागले प्रमाणपत्र वितरण गर्दै उज्ज्वल भविष्यको कामना गरे । यस अवसरमा विद्यालयका शिक्षक, अभिभावक, तथा स्थानिय बासिन्दाहरुले पनि सुधा कुमारीलाई बधाई तथा शुभकामना दिएका थिए । भिडियो यहा थिच्नु होला

प्रतिक्रिया लेख्नुहोस्