२०८२ बैशाख १३ गते, शनिबार २३:३१

 

पर्सा – बीरगंज महानगरभित्र संचालनमा हरेका समुदायिक विद्यालयहरुले २०८० र ८१ सालमा एसइई नतिजामा कमि आउनुको कारण बारे आज बीरगंज पिपरामा रहेकोे सिद्धार्थ मा.बि.का शिक्षक तथा विधालयमा अध्यनरत विद्यार्थीहरु संग छलफल तथा अनुगमन गरेका छन् ।

नेवि संघका पुर्व केन्द्रीय सदस्य सबिर हुसेनको नेतृत्वमा गएको टोलिले बिधालयका भौतिक लगायतका बारेमा सुधार कसरिहुने बारे छलफल गरेको थियो भने विद्यार्थीहरु संग विधालयमा दिने शिक्षाको प्रभावकारीता बारे छलफल गरेको थियो ।

विधालय अनुक्रमणका क्रममा विधालयमा शिक्षक पेसामा हुने राजनितिक तथा महानगरपालिकाको शैक्षिक महाशाखाले देखाएको उदासिन्ताका कारण विधालयमा विद्यार्थीहरु लाई दैनिक प्रयोगको लागी चाहिने अति आवस्यक जस्तै शौचालय र खाने पानी को ब्यवस्थापन दैनिक रहनु साथै विद्यार्थी लाई पठन पाठनको लागी चाहिने किताब र लैब को अवस्था समेत दैनियरहेको केन्द्रीय सदस्य बर्कत अलीले बताए ।

अनुगमन तथा छलफल गरीएको सम्पुर्ण विषयको बारेमा आफुहरुले गम्भिरताका साथ शैक्षिक महाशाखा संग छलफल गर्नुको साथै सोको निराकरणको लागी आवश्यक पहल गर्ने बताए । अनुगमनमा नेवि संघका सचिव सुधानसु चौरसिया , पवन पटेल,उपाध्यक्ष बर्कत अलि , ठाकुर राम स्ववियु प्रत्यासी बिकास मण्डल लगायत रहेका थिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस