काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले असार २८ गते विश्वास मत लिने भएका छन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री अल्पमतमा छन् । समर्थनसंगै एमालेबाट सरकारमा सहभागी भएका ८ जना मन्त्रीले पनि राजीनामा दिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

संसदमा दुई ठुला दल नपाली कांग्रेस र नेकपा एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भइसकेको छ । असार १७ गते दूई दलबिच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको हो ।

एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्