पर्सा- बीरगंज को राम टोल ईस्तीथ माईस्थान माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई युनाइटेड नेपाल फाउण्डेशनका प्रशिक्षकहरू द्वारा १ दिने प्रविधिक सम्बन्धित कार्यशाला दिइएको छ।

शुक्रबार विधालयमा अध्यनरत कक्षा १० मा अध्यनरत ७० जना विद्यार्थीहरु लई साईवर सिकियुरेटि , ब्यक्तित्व विकाश , पब्लिक इस्पीकिग र कम्प्युटर सम्बन्धि कार्यशाला गराइएको थियो ।

संस्थाले गराएको कार्यशालामा सहभागी विधाथीहरु चासो र उत्साहित भएर सिकेका थिए  । विधालयमा प्रधान अध्यापक मुन्नी लाल कर्णका अनुसार “संस्थाले गराएको कार्यशाला विद्यार्थीहरु लाई अति आवश्यक भएको र अहिले आधुनिकता संगै विधाथीहरु लाई इ सबै बिषयमा जानकारीहरु हुनु अति आवश्यक रहेको बताए” । यस प्रकारको कार्यशालाले विद्यार्थीको सिप संगै उसमा आत्म बिश्वास बलियो बनाउने बताए । साथै आयोजक संस्थालाई यसको लागी धन्यवाद समेत दिए ।

कार्यक्रमका प्रशिक्षक तथा संस्थाका संस्थापक अध्यक्ष अकास दास , सिजल श्रेष्ठ,प्रतिज्ञा अरोरा, नेहा गुप्ता र बिनीस अग्रवाल थिए। भने  कार्यक्रम संयोजक सुजल ठाकुर तथा कुणाल श्रीवास्तवले गरेका थिए थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुनि लाल कर्ण, जय प्रकास साह ,युनाइटेड नेपाल फाउण्डेशनका संस्थापक उपा अध्यक्ष अमन सिद्दीकी, राज प्रसाद साह, मोनिका गुप्ता, स्वस्तिका गुप्ता, सोनु गुप्ताको सहभागिता रहेको थियो । आगामी दिनमा यस कार्यक्रम लाई नगर स्तरीय निरन्तरता दिने अध्यक्ष अकास दास ले बताएका छन्

प्रतिक्रिया लेख्नुहोस्