पर्सा- वडा नम्बर ८ को वडा कार्यालयले शिक्षा,खेलकुद,राजनीति र समाजसेवामा योगदान पुर्याएका विभिन्न व्याक्तित्वहरुलाई नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरेर सम्मानित गरेको छ ।

शुक्रबार भिस्वा होटलमा आयोजित कार्यक्रममा शिक्षा तर्फ २०८० को माध्यमिक शिक्षा परिक्षा ९एसईई० पर्सा जिल्लामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छात्रा आँचल पटेल र राधेकृष्ण सर्राफ, खेलकुद क्षेत्र तर्र्पm पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेश श्रेष्ठ र नसिम हवारीलाई नागरिक अभिनन्दनसहित सम्मानित गरिएको हो ।

यस्तै वरिष्ठ अधिवक्ता बालमुकुन्द खरेल , नेपाल दलित महिला संघ पर्साकी अध्यक्ष नीला राम, समाजसेवी मदन गुप्ता,सत्रुधन गुप्तासहित ३५ जनालाई कार्यक्रमका प्रमुख अतिथी जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव र वडाध्यक्ष रितेश गुप्ताले गम्छा ओढाएर कदरपत्रसहित सम्मानित गरेका हुन् ।

कार्यक्रममा बोल्दै जसपा नेपाल पर्साका अध्यक्ष यादवले वीरगन्जमा पहिलो पटक वडा नम्बर ८ को वडा कार्यालयले यस्तो कार्यक्रम गरेकोमा प्रशंसा गरे । उनले वडामा भौतिक विकाससंगै मानवीय विकासपनि आवश्यक रहेकोमा जोड दिदैं सेवा प्रवाहमा वडाबासीको सहज पहुच भएमात्र जनप्रतिनिधीको सफलता मानिने बताए ।

वडाध्यक्ष गुप्ताले आँफु सदैव वडाबासीको हितमा काम गर्र्ने प्रयासमा रहदै आएको बताए । उनले वडामा भौतिक पुर्वाधारको अवस्था सुदृढ पार्न र वडाबासीलाई अझ सेवा सुविधा बढाउन आगामी दिनमा आफनो सकृयता अअझ बढाउने प्रतिबद्धता जनाए ।

वडाध्यक्ष गुप्ताकै अध्यक्षतामा भएको नागरिक अभिनन्दन कार्यक्रममा पूर्व वडाध्यक्ष मदन गुप्ता,वडासदस्यहरु गफार हवारी , मोहपतिया देवी र ललन चौरसिया, वडा कार्यालयका सचिव राजकुमार गुप्ता, कर्मचारी अमरनाथ ठाकुर, मौलाना नुरुल होदा पनि सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस्